सिंहदरबारमा प्रचण्ड,ओली र रविबीच छलफल

सिंहदरबारमा प्रचण्ड,ओली र रविबीच छलफल

काठमाडौं : संसद्मा देखिएको गत्यावरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता पक्षका नेतासँगको परामर्श गरेका छन्।    प्रधानमन्त्री दाहालले सिंहदरबारमा सत्तामा रहेको नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई अहिले छलफलमा बोलाएका हुन्। छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

 
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले  पनि सत्तापक्ष र प्रतिपक्षका नेता तथा सचेतकसँग छलफल गरेका छन्।

यसैगरी सभालाई नियमित सञ्चालन गरी कार्यसूचीमा प्रवेश गराउन अभिभावकका हैसियतले सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्षका नेता र सचेतकसँग पटकपटक छलफल गर्दै आएका हुन् । अवरोधको अवस्थामा रहेको सभाको बैठक सञ्चालन गर्ने विषयमा राजनीतिक दलबीच छलफल भइरहेको र प्रतिपक्षले केही समय माग गरेकाले आजको बैठक सुरु हुन विलम्ब भएको जानकारी दिए।

 प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक १:१५ बजे बोलाएको  थियो । प्रमुख प्रतिपक्षी कांग्रेस विपक्षी दलका नेताहरुसँग छलफल गरिरहेको छ ।
     
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी अनियमिततामा संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको छ । कांग्रेसले सभामुख घिमिरेको भूमिका तटस्थ र निष्पक्ष हुनुपर्ने माग पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.