प्रतिनिधिसभा बैठक २ बजे बस्ने
काठमाडौं : प्रतिनिधिसभा बैठक २ बजेका लागि सारिएको छ। निर्धारित समयमा बस्न नसकेपछि सूचना टाँसेर दिउँसो २ बजे बैठक बस्नेगरी समय निर्धारण गरिएको सभामुखको सचिवालयले जनाएको छ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो। तर, सत्ता पक्ष र विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेपछि बैठक समयमा बस्न नसकेको हो।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मुछिएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसदमा अवरोध गर्दै आएको छ।
सोही विषयमा सहमति जुटाउन सत्ता पक्ष र प्रतिपक्ष आन्तरिक छलफलमा जुटेका छन्। सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्। तर, सहमति जुट्न सकेको छैन।