सरकारबाट मैले नै हटाइदिएको भन्ने लागेर कांग्रेसका सांसदले ममाथि आक्रोश पोखे : अध्यक्ष ओली

सरकारबाट मैले नै हटाइदिएको भन्ने लागेर कांग्रेसका सांसदले ममाथि आक्रोश पोखे : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले संसदमा भिडन्त नभइ कांग्रेसले उत्ताउलोपन देखाएको बताए ।

आफू बसेको ठाउँमा कांग्रेस सांसदहरु आएर अनेक अपशब्दहरू बोलेको र असभ्य व्यवहार देखाएको उनले बताए। उनले सरकारबाट आफूले हटाइदिएको भन्ने लागेर आफूमाथि कांग्रेस सांसद आक्रोशित देखिएको हुनसक्ने टिप्पणी गरे।

बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय छानबिन समितिको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच घम्साघम्सी भएको थियो। 

बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरूले चर्को नाराबाजी गर्दै वेल घेराउ गर्न गएका थिए। सोही क्रममा उपसभामुख इन्दिरा राना मगरको कुर्सी नजिक पुगेका कांग्रेस सांसद धनराज गुरूङलाई त्यहाँ जान पाइँदैन भन्दै ओलीले हप्काएका थिए।

सोही विषयलाई लिएर एमालेका सांसदहरूले आफ्ना अध्यक्षमाथि अभद्र व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.