विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुँदैन : प्रधानन्यायाधीश
काठमाडौं : प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन नसक्ने बताएका छन्। शुक्रबार अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले समृद्धिको आधार समेत रहेको विधिको शासन कायम गर्नुपर्नेमा जोड दिए। उनले समग्र न्यायप्रणालीप्रतिको दृष्टिकोण कायम गरी सहजरुपमा न्याय पाउने अधिकारलाई स्थापीत गर्नुपर्ने बताए।
उनले आगामी साउनदेखि लागू हुनेगरी पाँचौं पञ्चवर्षीय रणनीतिक योजनाको तर्जुमा भइरहेको बताउँदै त्यसमा सुझाव दिन पनि नेपाल बारलगायत सम्वद्ध सबैमा आग्रह समेत गरे।
उनले आम नागरिक विश्वस्त हुनसक्ने वातावरण निर्माण गर्ने ठोस र नतिजामूलक कार्य सम्पादन अहिलेको आवश्यकता भएको औंल्याए।
जेठ ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब सात हजार कानुन व्यवसायीको सहभागी थियो। कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सर्वज्ञरत्न तुलाधरलाई अभिनन्दन गरिएको छ।