न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन्। शुक्रबार काठमाडौंमा अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले देशमा सुशासन कायम हुनुपर्ने भन्दै यसका लागि न्यायिक प्रणालीको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति विशेष चनाखो र सचेत हुन निर्देश गर्ने उनले बताए ।
न्यायपालिकाप्रतिको जनआस्था र विश्वास नै यसको जीवन भएको भन्दै उनले न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई चुस्त बनाउने कुरामा ध्यान दिइनुपर्ने धारणा राखे। उनले लोकतान्त्रिक प्रणालीभित्र नै न्यायपालिका सक्षम हुने जिकिर गरे।