विपक्षी दलको बैठकमा राप्रपाको प्रस्ताव- गृहमन्त्रीलाई बोल्न दिउँ
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा गृहमन्त्रीलाई बोल्न रोक्न नहुने जनाएको छ। संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको बिपक्षी दलको बैठकमा राप्रपाले गृहमन्त्रीलाई सदनमा बोल्न दिन सुझाव दिएको राप्रपाका नेता ज्ञानेन्द्र शाहीले बताए।
उनले सदनमा गृहमन्त्रीलाई बोल्ने अवसर दिए पनि सहकारी प्रकरणमा भने संसदीय छानबिन बनाउनुपर्ने पार्टीको धारणा रहेको जानकारी दिए। सहकारी प्रकरण एक जना गृहमन्त्रीको मात्रै नभइ लाखौं जनताको विषय भएकाले यस विषयमा छानबिसन गर्न समिति बन्नुपर्ने बताए।
सदनमा सभामुख तटस्थ हुन नसकेको उनको भनाइ छ। उनले कसैले सैले आफ्नो माग राख्दै गर्दा सभामुखले सदनलाई त्यहीअनुसार व्यवस्थापन गर्नुपर्ने उनले बताए।