संसद बैठक अनिश्चित
काठमाडौं : संसद बैठक अनिश्चित बनेको छ। सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा २ बजेका लागि सारिएको बैठक अझैसम्म बस्न सकेको छैन। यसअघि सभामुख देवराज घिमिरेले ११ बजेका लागि बैठक बोलाएका थिए।
सत्तापक्ष र प्रतिपक्षी दलहरूले छुट्टाछुट्टै छलफलमा जुटेपछि बैठक २ बजेका लागि सारिएको थियो। यसैबीच संसदीय छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एकजुट भएका छन् भने सत्तापक्ष दलहरू निष्कर्षमा पुग्न सकेका छैनन्।
बिहीबार बसेको संसद बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच धकेलाधकेल भएको थियो। सोही विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्ष आक्रोशित बनेका छन्।