संसदीय छानबिन समितिको माग गर्दै संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

संसदीय छानबिन समितिको माग गर्दै संसद् भवन अगाडि नेविसंघको प्रदर्शन
तस्बिर : अन्नपूर्ण

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ) ले छानबिन समिति गठनको माग गर्दै  प्रदर्शन गरेको छ। नेविसंघले बानेश्वरस्थित संसद् भवन अगाडि विरोध प्रर्दशन गरेको हो। प्रदर्शनमा सहभागीहरूले टाउकोमा कालोपट्टी बाँधेर विरोधस्वरुप कालोझण्डा देखाएका थिए।

null

सहकारी ठगीमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। 

null

उनीहरूले सहकारी पीडितहरूलाई न्याय दिनुपर्ने माग गरेका थिए। प्रदर्शनका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय सदनका दुवै बैठकमा अवरोध जनाउँदै आएको छ।

null

कांग्रेसले अवरोध जनाएपछि आजका लागि बसेको राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ भने प्रतिनिधिसभा बैठक बस्न सकेको छैन।

nullnullnullnullnull


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.