पर्सामा दुईवटा मोटरसाइकल ठोकिँदा युवकको मृत्यु

पर्सामा दुईवटा मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
सुन्नुहोस्

वीरगन्ज : पर्साको बैररियामा बिहीबार राति दुईवटा मोटरसाइकल आपसमा ठोकिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अरू तीन जना घाइते भएका छन्।

मृत्यु हुने पर्साकै वीरगन्ज महानगरपालिका-१९ केहुनियाँका २२ वर्षीय इरफान मियाँ रहेका छन्। प्रहरीका अनुसार पोखरिया नगरपालिका-९ बैरियामा मधेस प्रदेश ०३–०३१ प ९६७५ नम्बरको मोटरसाइकल र ना २८ प ९४४३ नम्बरको मोटरसाइकल बिहीबार राति सवा १० बजे आपसमा ठोकिएका थिए।

दुर्घटनामा मधेस प्रदेश ०३–०३१ प ९६७५ नम्बरको मोटरसाइकलमा सवार मियाँको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी  दिए। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगन्जको नीलकण्ठ अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको थापाले बताए।

उक्त दुर्घटनामा घाइते भएका मधेस प्रदेश ०३–०३१ प ९६७५ नम्बरको मोटरसाइकलका चालकसहित सवार ३ जना घाइते भएका छन्। ति मध्ये उक्त मोटरसाइकलका चालक वीरगन्ज–१९ केहुनियाँकै ३५ वर्षीय रामु पासवान अवस्था गम्भीर रहेको र उनको परवानीपुरको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको थापाले जानकारी दिए।

ना २८प ९४४३ नम्बरको मोटरसाइकलका चालक आशीष कुमार गुप्तालाई भने प्रहरीले नियन्त्रणमा लिएर राखेको थापाले बताए।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.