भारतमा चट्याङ लागेर १२ को मृत्यु, केही घाइते
एजेन्सी : भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ। चट्याङबाट अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् । पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब तीन सय २७ किलोमिटर उत्तरमा रहेको माल्दा जिल्लामा चट्याङ परेको हो।
चट्याङ परेको समयमा घरबाहिर, बगैँचा तथा खेतमा काम गरिरहेकाहरूमाथि चट्याङ परेको अधिकारीहरूले बताएका छन्।