कोशीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

कोशीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशका नवनियुक्त पाँच मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ लिएका हुन्।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका एक दुई मन्त्री र एक राज्यमन्त्रीलाई समावेश गरेर दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका हुन्। 

उनले एमालेका लीलाबल्लभ अधिकारी, एकराज कार्की र पाँचकर्ण राईलाई मन्त्री बनाएका छन् भने एमालेकै सिर्जना राईलाई राज्यमन्त्री बनाएका छन्।

त्यस्तै नेकपा माओवादी केन्द्रका राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगर मन्त्री बन्दा बन्दना झाँगड राज्यमन्त्री बनेकी हुन्। उनीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले विस्तार गरेको मन्त्रिमण्डलअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की छन्।

त्यसैगरी खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैं र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर मन्त्री नियुक्त भएका छन्। दुई राज्यमन्त्रीहरू सिर्जना राई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो। संविधानको धारा १६८ (५) अनुसार अघिल्लो बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले उपधारा ४ अनुसार वैशाख ३१ गते विश्वासको मत लिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.