प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीचको बैठक स्थगित, भोलि ८ बजे बस्ने

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीचको बैठक स्थगित, भोलि ८ बजे बस्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस नेताहरूसँग बस्ने भनिएको बैठक भोलिलाई सरेको छ।

सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा प्रधानमन्त्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरूसँग ६ बजे छलफल गर्दैथिए। तर, समय अभावका कारण बैठक भोलि विहान ८ बजेलाई सरेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

उनका अनुसार प्रधानमन्त्री दाहाल दाँतको उपचारका लागि अस्पताल जानुपर्ने भएकाले आजको बैठक सरेको हो।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ। संसदीय छानबिन समिति बनाउने विषयलाई लिएर बिहीबार संसदमा सत्तापक्ष र प्रतिपक्षबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो। आज ११ बजेको लागि बोलाइएको बैठक संसदीय छानबिन समिति बनाउने विषयमा सहमति नजुट्दा २ बजेलाई सर्दै अन्त्यमा बैठक नबसी स्थगित भएको थियो।

संसद बैठक आइतबार ११ बजेका लागि बोलाइएको छ। कांग्रेसले यसबीचमा संसदीय छानबिन समिति बनाउने विषयमा सहमति जुट्ने अपेक्षा गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.