काभ्रेमा पोलियो खोप जेठ १३ देखि
काभ्रे : पोलियो विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई काभ्रेमा जेठ १३ देखि २६ गतेसम्म खोप लगाउने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले १३ वटै स्थानीय तहमा छुट भएका बालबालिकाहरूलाई खोप लगाउनका लागि तयारी पूरा गरिएको कार्यालय प्रमुख राघि श्री कक्षपतिले जानकारी दिइन्।
जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपानेले काभ्रेमा १७ हजार ७ सय ५९ बालबालिकालाई खोप लगाउने अभियान रहेको बताए। खोप अभियान जिल्लाभर सञ्चालन हुने खोप केन्द्रका लागि २ सय ६१ खोपकर्मी र ५ सय ११ शिक्षकलाई अनुशिक्षण कार्यक्रम सकिएको उनले बताए।