बिहारमा विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी

विद्यालय परिसरको ट्याङ्कीभित्र एक विद्यार्थीको शव फेला

बिहारमा विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बिहार : बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक विद्यार्थीको शव फेला परेपछि शुक्रबार बिहान आक्रोशित भिडले विद्यालयमा आगो लगाएको प्रहरीले जनाएको छ।

स्रोतका अनुसार घटना दिघा प्रहरीअन्तर्गतको रामजिचक क्षेत्रमा भएको हो। आक्रोशित  आफन्त तथा स्थानीयहरूले सडक अवरुद्ध गरी स्कुलमा आगो लगाएका थिए।

स्कुल गएका करिब तीन वर्षका बालक स्कुलपछि ट्युसन लिने गर्थे। साँझ घर नफर्किएपछि परिवारले उनको खोजी गर्यो। उनको शव शुक्रबार बिहान तीन बजे विद्यालय परिसरको ट्याङ्की भित्रबाट निकालिएको प्रहरीले जनाएको छ।

घटनाबाट आक्रेशित स्थानीयहरूले सडक अवरुद्ध गरी विद्यालयमा आगो लगाएका थिए भने घटनास्थलमा पुगेका फायर टेन्डरहरूले आगो निभाउन सफल भए।

वरिष्ठ प्रहरी अधिकारीहरूले अनुसन्धान सुरु गरेको बताएका छन्। पाटनाका प्रहरी अधीक्षक चन्द्र प्रकाशले घटनाको विवरण दिँदै आमाबाबुले राति ढिलो जानकारी दिएपछि प्रहरी टोली घटनास्थलमा पुगी प्रमाण सङ्कलन गरेको बताए।   

ससिटिभीमा बच्चा स्कुलमा प्रवेश गरेको तर कुनै पनि विन्दुमा उनी स्कुल परिसरबाट बाहिर निस्किएको देख्न नसकिएकाले घटनालाई हत्याको मुद्दाका रूपमा अनुसन्धान  गर्ने प्रहरीले जनाएको छ। 

आपराधिक उद्देश्यको घटनाको प्रवृत्ति देखा परेकाले तीन जनालाई हिरासतमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.