प्यालेस्टाइनी पीडामा छन्,गाजामा तत्काल सहायता बढाउन आवश्यक : जो बाइडेन
वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टाइनीहरूले पीडा भोगिरहेका छन् र त्यहाँ (गाजामा) तुरुन्तै सहायता बढाउन आवश्यक रहेको स्वीकार गरेका छन्।
सहायताको पहिलो खेप समुद्री मार्गबाट गाजा आइपुगेको पुष्टि गरेपछि जो बाइडेनले यस्तो बताएका हुन् ।
जो बाइडेनले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै भने, 'यो स्पष्ट छ कि प्यालेस्टिनीहरूले पीडा भोगिरहेका छन्। तत्काल सहयोग बढाउनुपर्ने आवश्यकता छ । हामी इजरायलसँग मिलेर गाजामा सहायता बढाउन प्रयास गरिरहेका छौं।'
यसअघि अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायताको पहिलो खेप आइपुगेको पुष्टि गरेको थियो।