ताइवानको संसदमा सांसदहरूबीच झडप

चीन समर्थक प्रतिपक्षको शक्ति बढाउने प्रस्तावको विषयमा विवाद, एक सांसद विधेयक लिएर सदनबाट भागे

ताइवानको संसदमा सांसदहरूबीच झडप
सुन्नुहोस्

ताइवानमा नयाँ राष्ट्रपति लाइ चिङ टेको सपथ ग्रहण गर्नुभन्दा अघि देशको संसदमा सांसदहरूबीच झडप भएको छ। सो क्रममा लात्ती र मुक्का प्रहारसमेत भएको छ। कतिपय सांसद भने सभामुखको सिटमा पनि चढेका थिए । उनीहरु एकअर्कालाई तान्दै मुक्का र लात्ती प्रहार गरेको देखियो । 

वास्तवमा, ताइवान संसदमा एक प्रस्ताव ल्याइएको छ। यस अन्तर्गत विपक्षी सांसदहरुलाई सरकारको काम कारवाहीमा नजर राख्न थप अधिकार दिइने बताइएको छ । यसका साथै संसदमा झुटा बयान दिने सरकारी कर्मचारीमाथि फौजदारी मुद्दा चलाइने कुरा पनि छ ।

यस विधेयकमा मतदान हुनुअघि नयाँ राष्ट्रपति चिङ तेहको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) र चीन समर्थक विपक्षी कुओमिन्ताङ (केएमटी) पार्टीका मानिसहरूबीच झडप भएको थियो। सांसदहरू सदनमा पुगेपछि आपसमा झगडाको आरोप लगाउन थाले ।

ताइवानको नयाँ राष्ट्रपति लाइ चिङ टेले मे २० मा सपथ लिने बताइएको छ। उनको पार्टीसँग बहुमत छैन। ताइवानको मुख्य विपक्षी दल केएमटीसँग डीपीपीभन्दा बढी सिट छ। यद्यपि, बहुमतमा आउन ताइवान पिपुल्स पार्टी (टिपीपी) सँग गठबन्धन बनाउनुपर्नेछ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बहुमतमा रहेकाले विपक्षी दलले सरकारमाथि नजर राख्न संसदमा आफ्ना सदस्यहरूलाई थप शक्ति दिन चाहन्छ। चिङ तेहको पार्टी डीपीपीले विपक्षीले विधेयक संसदमा पास गराउन दबाब दिन खोजेको आरोप लगाउँदै सो कुरा संविधानको उल्लङ्घन भएको आरोप लगाएको छ ।
 
प्रजातान्त्रिक गणतन्त्र पार्टीका सांसदहरुले विधेयकमा पहिले प्रक्रियाअनुसार छलफल हुनुपर्ने माग राखेका छन् । विपक्षी दलले आफ्नो शक्तिको दुरुपयोग गर्नका लागि यो विधेयक पारित हुन दिन नचाहेको आरोप लगाएका छन् ।

यसअघि पनि ताइवानको संसदमा यस्ता घटना बाहिर आएका छन् । सन् २०२० मा पनि अमेरिकाबाट सुँगुरको मासु आयातको विरोध गर्दै केएमटीका सांसदहरूले संसदमा सुँगुरको आन्द्रा हानेका थिए ।
 
ताइवानमा यसै वर्ष जनवरीमा राष्ट्रपतिको निर्वाचन भएको थियो । त्यसमा सत्तारुढ दलका नेता विलियम लाइ चिङ–टे विजयी भएका थिए । उनी चीनले मतदानअघि खतरनाक पृथकतावादी भनेका व्यक्ति हुन्। चुनाव अघि चीनले मतदाताहरूलाई सैन्य द्वन्द्वबाट बच्न चाहनुहुन्छ भने सही छनौट गर्नु भनेर चेतावनी दिएको थियो।

ताइवानको कुओमिन्ताङ पार्टी (केएमटी)ले हउ यु इहलाई चिङ तेसँग भिडाएको थियो। केएमटी त्यही पार्टी हो जसको सरकारले चिनियाँ कम्युनिष्टहरूसँग गृहयुद्ध हारेपछि ताइवान टापुमा बसोबास गरेको थियो। पार्टीले चुनाव जितेमा चीनसँग फेरि वार्ता गर्ने बताएको थियो । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.