व्यक्ति केन्द्रित संसदीय छानबिन समिति बन्दैन : ईश्वर पोखरेल
![व्यक्ति केन्द्रित संसदीय छानबिन समिति बन्दैन : ईश्वर पोखरेल](https://annapurnapost.prixacdn.net/media/albums/Ishwar_pokhrel1_lTl5NoicvY_5gBJrir73W.png)
काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले व्यक्ति केन्द्रित गरेर छानबिन समिति बनाउने कुरा आएकाले आफूहरूले विरोध गरेको बताएका छन्।
विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपाली कांग्रेसले आफ्नो प्रस्ताव नमानेकै कारण रवि लामिछानेको विरोधमा उत्रिएको आरोप लगाए। उनले समग्र सहकारी क्षेत्रमा भएको बेथिति, अनियमितता र भ्रष्टाचार छानबिन गर्न संसदीय छानबिन समिति बनाउन आफूहरू तयार रहेको तर व्यक्ति केन्द्रीत भएकाले मात्रै विरोध गरेको बताए।
पोखरेलले नयाँ राजनीतिक समीकरण कामय गरेरे मुलुकमा राजनीतिक स्थायित्व दिनको लागि सकारात्मकरूपमा अगाडि जानुपर्नेमा जोड दिए। पोखरेलले संसदको गतिरोध हटाउन राजनीतिक दलहरूबीच छलफल भइरहेको र बजेट तोकिएको मितिमा नै आउने जिकिर गरे। संविधान संसोधनको विषय आवश्यक भए पनि राजनीतिक दलहरूबीच सहमति र छलफल गरिनुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)