वैदेशिक रोजगार क्षेत्रमा हुने ठगि रोक्नुपर्छ : देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार क्षेत्रमा हुने ठगि रोक्नुपर्ने बताएका छन्।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले मुलुकमा रेमिट्यान्स आवश्यक रहेको भन्दै वैदेशिक रोजगार क्षेत्रमा हुने ठगिलाई रोक्नुपर्ने बताए। एशोसिएशनले ठगि कार्य रोक्न मुख्य भूमिका निर्वाह गनुपर्ने उनले बताए। वैदेशिक रोजगार क्षेत्रमा महत्वपूर्ण योगदान गर्न पनि उनले आग्रह गरे।
त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले मन्त्री परिवर्तन भएसँगै नीति पनि परिवर्तन हुने गरेका कारण वैदेशिक रोजगार क्षेत्र समस्यामा परेको बताए। प्रधानमन्त्री बन्ने होडवाजीले मुलुकमा राजनीतिक अस्थिरता देखिएको उनले बताए। कोइरालाले संसदमा गृहमन्त्रीलाई बोल्न दिन कांग्रेसले नरोकेको भन्दै गृहमन्त्रीले बोलेपछि कांग्रेसले बोल्न पाउनपर्छ भन्दा सत्तापक्षलाई स्वीकार्य नभएको बताए।