सरकारी अस्पतालको सुधार मेरो पहिलो प्राथमिकता : स्वास्थ्यमन्त्री यादव

सरकारी अस्पतालको सुधार मेरो पहिलो प्राथमिकता : स्वास्थ्यमन्त्री यादव
सुन्नुहोस्

वीरगन्ज : संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले देशभरिका सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरुको सुधार आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन्। 


गृहनगर वीरगन्जमा शनिबार आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त स्वास्थ्यमन्त्री यादवले संघ, प्रदेश र स्थानीय तह तीनै तहका सरकार मातहतमा रहेका अस्पताल र स्वासथ्य संस्थाहरुमा विद्यमान समस्याको सुधार आफनो पहिलो प्राथमिकतामा रहेको बताए। 

 
उनले भने, ‘देशभरका सरकारी स्वास्थ्य संस्थामा सुधार ल्याउने मेरो हरसम्भव कोसिस रहने छ। त्यसका लागि मन्त्री पदको पदभार ग्रहण गरेलगत्तै पहिलो निर्णय नै ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने निर्णय गरेको हुँ।’

देशभरका सरकारी स्वास्थ्य संस्थामा अहिले ६३ हजार जनशक्ति आवश्यक भए पनि अहिले ३० हजारमात्र जनशक्ति उपलब्ध रहेको बताए। अझै ३३ हजार जनशक्ति अपुग रहेकाले नागरिकको उपचारमा कठिनाइ भइरहेको र सरकारले सेवा दिन नसकरिहेको उनले बताए। त्यसैलाई मध्यनजर गर्दै सरकारी अस्पतालमा जनशक्ति थप्ने निर्णय गरेको उनले बताए। यो यो निर्णयको देशैभरबाट प्रशंसा पनि भइरहेको उनले बताए। 

उनले भने, ‘धेरै क्रान्तिकारी कुरा गरेर सफल भइँदैन। धेरै क्रान्तिकारी कूरा गरेर चमत्कारी काम पनि हुन सक्दैन। त्यसका कारण स्वास्थ्य क्षेत्रमा रहेका स-साना समस्यामात्रै सम्बोधन गर्न सके भने म सफल हुने विश्वास लिएको छ। मैले मन्त्री पद सम्हालेको भर्खर पाँच दिनमात्र भएको छ। समस्याहरूको अध्ययन गरिरहेको छु। छिट्टै सातै वटा प्रदेशका स्वासथ्यमन्त्रीहरूसँग छलफल गरेर धेरै काम अगाडि बढाउने सोँचमा छु।’ 
 
उनले वीरगन्जको नाारायणी अस्पतालका लागि विशेष प्याकेज सरकारको आगामी नीति तथा कार्यक्रममा समावेश गराएको खुलासा गरे  ।उनले आगामी नीति तथा कार्यक्रममाा नारायणी अस्पतालका लागि १ अर्ब रुपैयाँको बजेट समावेश गराएको बताए। उक्त बजेट नारायणी अस्पतालको भौतिक संरचना, उपकरण र जनशिक्त थपमा खर्च हुने उनले बताए। यसका साथै नारायणी अस्पतालमा उपचार गराउने बिरामीको उपचारका सम्पूर्ण विवरण रहने अनलाइन एपको व्यवस्था गर्न लागिएको जानकारी पनि उनले दिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.