बालुवाटारमा जारी सत्तारुढ दलको बैठकमा कांग्रेस नेताहरूको इन्ट्री

बालुवाटारमा जारी सत्तारुढ दलको बैठकमा कांग्रेस नेताहरूको इन्ट्री
फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटार जारी सत्तारुढ दलको बैठकमा कांग्रेसका शीर्ष नेताहरूको प्रवेश भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच जारी छलफलमा कांग्रेसका शीर्ष नेताहरू सहभागी भएका हुन्।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बैठकमा मिसिएको बालुवाटार स्रोतले जानकारी दियो।

प्रधानमन्त्री दाहालले आज विहान पनि कांग्रेस नेताहरूसँग छलफल गरेका थिए। सत्तारुढ दलको बैठक बसेर फेरि कांग्रेस नेताहरूसँग छलफल गर्ने योजना बनाएका प्रधानमन्त्रीले जारी बैठकमै कांग्रेस नेताहरूलाई बोलाएका हुन्।

सहकारीको रकम हिनामिना प्रकरणमा प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय छानबिन समिति माग गर्दै आएको छ। सहकारी ठगिमा गृहमन्त्री लामिछाने पनि संलग्न रहेको भन्दै कांग्रेसले उनीविरुद्ध पनि छानबिन हुनुपर्ने माग गर्दै आएको छ। यही विषयमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भइरहेको स्रोतको भनाइ छ। प्रधानमन्त्री दाहालले सार्वजनिकरूपमै भोलि विहानसम्म सहमति हुने दाबी गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.