सत्तापक्ष र कांग्रेसबीच संसदीय छानबिन समिति बनाउने सहमति

सत्तापक्ष र कांग्रेसबीच संसदीय छानबिन समिति बनाउने सहमति

काठमाडौं : सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष तयार भएको छ। बालुवाटारमा शनिबार बसेको सत्तारुढ दल र नेपाली कांग्रेसबीचको बैठकले संसदीय छानबिन समिति बनाउने विषयमा सहमति गरेका हुन्।

त्यसका लागि कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल बनाइएको छ। कार्यदलमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल रहनेछन्। कार्यदलले टीओआर बनाएपछि छानबिन समितिको काम कारबाही अगाडि बढ्ने बताइएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी हिनामिना प्रकरणमा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको थियो। कांग्रेसले संसद अवरुद्धसमेत गर्दै आएको थियो। निरन्तर संसद अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले जसरी पनि सहमति गर्न प्रधानमन्त्रीमाथि दबाब बढाएका थिए।

प्रधानमन्त्री दाहालले पनि सरकारको नीति तथा कार्यक्रम पारित गर्न, बजेट ल्याउन र विश्वासको मत पनि लिनुपर्ने अवस्था आएकाले निकास जरुरी रहेको बताएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.