मौसमी रोगहरू व्यक्तिकै आनीबानीबाट रोक्न सकिन्छ

मौसमी रोगहरू व्यक्तिकै आनीबानीबाट रोक्न सकिन्छ
सुन्नुहोस्

गर्मी बढेसँगै नागरिकहरूको दैनिक जीवनशैलीमा समेत असर गरेको देखिएको छ। मौसम प्रतिकूलताका कारण विभिन्न सरुवा रोगहरूबाट नागरिकहरू प्रभावित हुन्छन्। यस्तो बेला विशेषतः खानपिनमा ख्याल गर्नुपर्छ। लामखुट्टेको टोकाइबाट मलेरिया, डेंगु, उच्च ज्वरो, टाउको दुख्ने जस्ता लक्षण देखिन्छन्। खासगरी मौसम प्रतिकूलताका कारणबाट लाग्ने रोगबाट बच्नका लागि व्यक्तिको दैनिक खानपिन, रहनसहन र व्यवहारबाट नै कम गर्न सकिन्छ। मौसमी रोगहरू लामो समयसम्म रहँदैनन्। पानी उमालेर खाने, घरबाहिरका खानेकुराहरूमा कम गर्ने, हाइजनिक खानेकुरामा सन्तुलन मिलाउने, सरसफाइमा विशेष ध्यान दिने, झुलको प्रयोग गर्ने जस्ता कुरामा विशेष ख्याल गर्नुपर्छ। 

ज्वरो आउने र झाडापखाला लागेका बिरामीहरू अहिले अस्पतालमा धेरै आउने गरेका छन्। केही दिनअघि परेको पानीले समेत झाडापखाला लागेका बिरामीहरू बढेका छन्। यो क्रम जेठको अन्तिमपछि अझ बढ्न सक्छ। अहिले गर्मीमौसम छ। जेठ, असारपछि पानी पर्ने र झाडापखालाका बिरामीहरू धेरै आउने गरेको विगतको अनुभवले पनि देखाएको छ। 

अहिले पनि कतिपय समुदायमा स्वास्थ्यसम्बन्धी सचेतनाको कमी रहेको हामीले देखेका छौं। बिरामीहरू अस्पतालमा सिकिस्त भइसकेपछि मात्र आउने चलन छ। ज्वरो, झाडापखाला, डेंगु जस्ता मौसमका कारण लाग्ने रोगहरूको बिरामीले सकेसम्म घरमै निको पार्ने प्रयास गरेको पाइन्छ। चार÷पाँच दिनसम्म घरेलु उपचार गर्ने र निको नभएपछि मात्र अस्पतालमा आउने गर्दा बिरामीहरूको अस्पतालको बसाइँ लम्बिने गरेको छ। आफूलाई बिरामी भएको महसुस हुनेबित्तिकै चिकित्सकसँग भेट्नुपर्दछ।

एउटा व्यक्तिको लापरबाहीका कारण हजारौं नागरिकमा फैलिने गरी यसले समस्या निम्त्याउने गर्छ। 

(प्रधान, लुम्बिनी सिटी हस्पिटल बुटवलमा कार्यरत फिजिसियन हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.