रुकुमपश्चिमको आठबीसकोटमा मदिराजन्य पदार्थ बिक्री तथा सेवनमा प्रतिबन्ध

रुकुमपश्चिमको आठबीसकोटमा मदिराजन्य पदार्थ बिक्री तथा सेवनमा प्रतिबन्ध
फाइल तस्बिर।
सुन्नुहोस्

रुकुमपश्चिम : रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ८ ले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । वडा भित्र रहेका कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायतका सार्वजनिक क्षेत्रमा वडाले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको हो ।

वडामा हुने विभिन्न कार्यक्रम, बैठकहरूमा मदिराजन्य पदार्थ सेवन गरी हो–हल्ला झैझगडालगायतका अवाञ्छित गतिविधि गरी शान्ति सु–व्यवस्थामा खलल पार्ने गतिविधिहरू भएको हुँदा वडामा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको वडाध्यक्ष खग्रेन्द्र विकले जानकारी दिए । उनका अनुसार वडामा सर्वदलीय बैठक बसी वडा समितिको निर्णयअनुसार शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन वडाभित्र मदिराजन्य पदार्थ सेवन तथा बिक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाएको हो । यसैबीच मदिरा सेवन गरी हिँड्ने वस्यक, वृद्धवृद्धा सबैलाई वडावाट दिइने सेवा सुविधाहरू बाटसमेत बञ्चित गराइने वडाले निर्णय गरेको छ । 

त्यस्तै, सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि मदिरा सेवन गरी गाली गलोच तथा आच आउने गतिविधि गरेमा सार्वजनिक मुद्रा लगाउने, सामाजिक सुरक्षा भत्ता खादै गरेका ज्येष्ठ नागरिकहरूले मदिरा सेवन गरेको पाइएकोमा भत्ता रोक्का गरिने, सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई आँच आउने शब्द स्टाटसमा लेख्ने व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही गर्ने निर्णय गरिएको वडाध्यक्ष विकले जानकारी दिए  । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.