आत्महत्या रोकथामका लागि प्रहरीको अभियान

आत्महत्या रोकथामका लागि प्रहरीको अभियान
सुन्नुहोस्

उदयपुर : लागुऔषध नियन्त्रणमा उत्कृष्ट कार्यसम्पादन गरेका उदयपुरका प्रहरी प्रमुख एसपी रमेश थापाले लगत्तै आत्महत्या न्यूनीकरण अभियानको सुरुवात गरेका छन्। छोटो समयमा लागुऔषध कारोबारी, सेवनलाई न्यूनीकरण गर्न सफल भएका थापाले जिल्लामा बढ्दो आत्महत्या घटनालाई शून्यतामा ल्याउन ‘भिजनसहितको मिसन निकाल्न सफल भएका थापालाई जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, नागरिक समाज र सर्वसाधरणको उत्तिकै साथ र सहयोग देखिएको छ।’ 

सकारात्मक कार्यको थालनीसँगै उत्कृष्ट नतिजा अभियानबाट सामान्य नागरिकसमेत लाभान्वित हुन भन्ने हेतुले थापाले स्थानीय तहसँगको समन्वयमा अधिकतम टोलविकास समितिलाई जोड्दै परिचालन गरेका छन्। लागुऔषध कारोबारीमा छिमेकी मुलुक भारतबाट नेपाल भिœयाउने डिलरदेखि ऐजेन्ड र सेवनकर्ताकोसमेत नेटवर्कलाई कानुनी दायरमा ल्याएपछि जिल्लामा लागुऔषध न्यूनीकरण अभियानले उल्लेखनीय प्रगति हासिल गरेको त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले बताइन्। 

अभियानबाट निरन्तर सफलता हातपारेका एसपी थापाले शनिबार सदरमुकाम गाईघाटमा त्रियुगा नगरपालिकाको सहकार्यमा आत्महत्या न्यूनीरकरण अभियानको सुरुवात गरेका छन्। अभियानको औपचारिक उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले समस्याको खुलेर छलफल गर्न नसक्दा आत्महत्याको बाटो रोज्न बाध्य भएको बताए।

‘छलफलबाट समाधान निस्कने विषयमा पनि एकआपसमा छलफल हुन नसक्नु आत्महत्याको कारक हो, ‘उनले भने, फुर्सदकै कारण मानिसमा नकारात्मक सोचको विकास हुने भएकाले व्यस्तता बनाउन नगरपालिकाले ठोस योजना अघि सारेको छ।’

उनले भने, ‘तनाव व्यवस्थापनसँगै समस्याको समाधानका लागि जनतालाई उद्यमी बनाउने, उत्पादनमा जोडे्ने र आम्दानीमा वृद्धि गर्ने गरी सीपमूलक तालिमलाई नगरपालिकाले जोड दिएको छ, यसबाट मानसिकरूपमा विक्षिप्त भएकाहरूलाई सहयोग पुग्ने छ।’

उपमेयर महेश्वरी राईले फुर्सदको समयमा अधिकांशले नकारात्मक सोचको विकास गर्ने गरेको पाइएकाले उनीहरूलाई सधैं व्यस्त रहने गरी नगरपालिकाले कार्ययोजना तयार गरको बताइन्। उनले भ्रष्टचार, विभेद्, नैतिक शिक्षाको कमीले पनि आत्महत्याको घटना बढेको बताइन्। उनले आगामी वर्ष आत्महत्या न्युनिकरणका लागि नगरपालिकाले समयमा नै थप विशेष योजना अघि सार्ने बताइन्। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले विकराल बन्दै गएको आत्महत्यालाई सबै मिलेर नरोक्ने हो भने अवस्था अझ भयाभह हुन सक्ने संकेत गरे। उनले बेलैदेखि रोकथाम र नियन्त्रणका लागि पहलकदमी थाल्ने हो भने उपचार सम्भव हुने बताए। 

उनले मानिसको जीवन अमूल्य छ तर त्यसको उचित व्यवस्थापन गर्न नसक्नु कमजोरी भएको बताए। उनले सुन्दर जीवन अनाहाकमा खेर फाल्न हुँदैन भनेर मान्छेलाई सचेत गराउनु सबैको दायित्व भएको बताए। एसपी थापाले आत्महत्या एक प्रकारको अपराध नै भएकाले यसलाई नियन्त्रण गर्नु पर्ने बताए। उनले भने, ‘आत्महत्या गर्नेले गर्‍यो तर त्यसपछि परिवारले सामाजिक रूपमा पाउने पीडा निकै कष्टकर हुने भएकाले न्यूनीकरणमा सबैको साथ सहयोगको अपेक्षा राखेको छु।’

सदरमुकाम गाईघाट बजार र्‍यालीपछि सुरुवात भएको औपचारिक कार्यक्रममा प्रहरीले विभिन्न चरणमा थालेको अभियानलाई साथसहयोग गर्दै आएका व्यक्तिहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो। त्यसैगरी आत्महत्याको प्रयासबाट नयाँ जीवन पाएकी स्थानीय संगीता राईले आत्महत्या गर्नुको कारण र कसरी बचेको भन्ने विषयमा अनुभव सुनाएकी थिइन्।

यस्तो छ आत्महत्यासम्बन्धी उदयपुरको तथ्यांक

पछिल्लो दुई आर्थिक वर्षमा आत्महत्याका घटनाले प्रसय पाएको देखाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९÷०८० मा १४३ वटा आत्महत्या घटनामा १०६ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी चालु आर्थिक वर्षको वैशाख मसान्त अर्थात् १० महिनामा १४७ घटनामा ९६ जनाले ज्यान गुमाएको डीएसपी राजन चापागाईंले बताए। 

यसरी आत्महत्या गर्नेमा १८ वर्षदेखि २५ वर्ष उमेर समूहका अधिक छन्। चापागाईका अनुसार जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी त्रियुगा नगरपालिकामा ७० जना रहेका छन्। यसपछि जनसंख्या र भौगोलिक हिसाबल अन्य नगरपालिकामा पनि आत्महत्याका घटनामा वृद्धि रहेको उनले बताए। तथ्यांकअनुसार बालबालिकासँग जोडिएका १६ वटा आत्महत्या घटनामा ६ जनाले ज्यान गुमाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.