बेसारबाट आयआर्जन

बेसारबाट आयआर्जन
सुन्नुहोस्

गुलरिया : गुलरिया नगरपालिका– ८ थपुवाकी मिना थारू बेसारबाट आम्दानी भएपछि दंग छिन्। ५ कठ्ठा क्षेत्रफलमा लगाएको बेसार ४२ क्विन्टल फल्यो। बिना झन्झट थोरै मेहनतमै पनि राम्रो उत्पादन पाएकी उनी काँचो बेसार बेचेरै ८४ हजार रुपैयाँ आम्दानी गर्न पाउँदा खुसी छन्। 

बेसार लगाएपछि गोडमेल गर्न, मलपानी हाल्न झन्झट नपर्ने भएकाले सजिलो भयो। उनले भनिन् थोरै जमिनमा धेरै उत्पादन हुने आम्दानी पनि हुने बेसार खेती धेरै सजिलो लाग्यो। सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गुलरिया ६ बर्दियाले बेसार प्रशोधन केन्द्र स्थापना गरेपछि उत्पादित काँचो बेसारले सजिलै बजार पाएको छ। लुम्बिनी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयअन्तर्गत एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाको सहयोगमा बेसार प्रशोधन केन्द्र सञ्चालन गरेको हो।

सहकारी संस्थाको समेत सहलगानीमा स्थापना गरिएको प्रशोधन केन्द्रमा वासिङ मेसिन, पिलर मेसिन, ड्रायर मेसिनलगायत प्याकेजिङ मेसिन रहेको सहकारीकी अध्यक्ष इन्दिरा सुवेदीले जानकारी दिइन्। ‘प्रदेश सरकारको १७ लाख २ हजार ४६९, संस्थाको ५ लाख ६७ हजार ४८९ गरी २२ लाख ६९ हजार ९५९ रूपैयाँको लागतमा मेसिनरी जडान गरेका छौं।’, उनले थपिन्, ‘प्रशोधन केन्द्रमार्फत बेसार पाउडर उत्पादन गरी बिक्री वितरण गर्ने हाम्रो लक्ष्य छ। जसबाट २ सय ३० जना महिला लाभान्वित हुनेछन्।’ बेसार प्रशोधन केन्द्र स्थापनासँगै महिलाको आयआर्जनमा पहुँच पुग्ने अध्यक्ष सुवेदीले विश्वास व्यक्त गरिन्। 

मेसिन जडान त गर्‍यौं कच्चापदार्थ नपाए हामीलाई समस्या पर्छ। किसानहरू अनुदान पाउँदा बेसार खेतीतर्फ आकर्षित हुन्छन्। अनुदान नपाए लगाउन मन गर्दैनन्। यसवर्ष कृषि तथा पशुपक्षी विकास कार्यालयसँग सहकार्य गर्दै बाँसगढीलगायत जंगल किनारका कृषकहरूलाई बेसारको बीउ अनुदान वितरण भएपछि कच्चा पदार्थ पाइने आशा व्यक्त गरिन्। गुलरिया नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत ओमकार शाहले सहकारीले उत्पादन गरेको बेसार बजारीकरणमा नगरपालिकाले सहजीकरण गर्ने बताए। 

उनले भने महिला सहकारीले सञ्चालन गरेको मसलाजन्य बेसार उद्योगले नगरको आर्थिक प्रबद्र्धनमा टेवा पुग्ने भएकाले पनि नगरले यसको प्रबद्र्धन गर्ने योजना बनाएको उनले बताए। गुलरिया नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का वडाध्यक्ष शुधांसु प्रकाश शर्माले वडाका महिलाहरूले मेहनतका साथ सञ्चालन गरेको बेसार प्रशोधन केन्द्रलाई उचाइमा पुर्‍याउन वडाले भरपुर सहयोग गर्ने बताए। स्थानीय महिला समूह तथा किसानले रासायनिक मलखाद र विषादी प्रयोग नगरी उत्पादन गरेको बेसार संकलन गरी तयार पारिएको सुद्ध बेसारले नगरसँगै जिल्लाकै पहिचान वृद्धि हुने प्रवक्ता शर्माले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.