सरकारविरुद्ध साझा धारणा बनाउन विपक्ष दलको बैठक जारी

सरकारविरुद्ध साझा धारणा बनाउन विपक्ष दलको बैठक जारी

काठमाडौं : नेपाली कांग्रेससहित विपक्षी दलको बैठक बानेश्वरस्थित संसद भवनमा जारी छ। प्रतिनिधिसभा बैठक बस्नुअघि कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेताहरूलाई छलफलका लागि बोलाएका हुन्। बैठक बानेश्वरस्थित संसद भवनमा जारी छ। प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइए पनि अहिलेसम्म बसेको छैन।

प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने विषयमा साझा धारणा बनाउन विपक्षी दलहरूलाई छलफलका लागि बोलाएको सहभागी एक नेताले जानकारी दिए।  बैठकमा कांग्रेससहित राप्रपा,जसपा लोसपा र  जनमोर्चाका शीर्ष नेताहरू सहभागी  छन्।

सहकारी ठगी प्रकरणमा  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष र प्रतिपक्ष सहमत भएका छन्। 

अहिले छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सिंहदरबारमा जारी छ। कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा नेकपा एमालेका महेश बर्तौाला,कांग्रेसका जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.