टीओआरमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक सर्यो
काठमाडौं : आइतबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको छ। बैठक दिउँसो २ बजे बस्नेगरी बोलाइएको संघीय संसदले जनाएको छ।
संसदीय छानबिन समितिको कार्यादेश टुंगाउन बसेको कार्यदलको बैठक लम्बिएपछि संसद् बैठक सरेको हो। अहिले कार्यदलको बैठक सिंहदरबारमा जारी छ।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न सत्ता पक्ष र विपक्षी दल सहमत भएका छन्। तर, समितिको कार्यदेशामा सहमति जुट्न सकेको छैन।