राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं : दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका अनुसारका दिउँसो ३ बजेर १५ मिनेटमा बस्नेगरी बैठक तय भएको छ।
सहकारीको रकम अपचलनकासम्बन्धी संसदीय छानबिन समिति गठनका लागि कार्यादेश टुङ्गो लगाउन अहिले सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल जारी छ।
कार्यादेश टुङ्गो लाग्न नसकेपछि बैठक सारिएको हो । यसअघि प्रतिनिधिसभाको बैठक पनि दिउँसो दुई बजे बस्ने गरी सारिएको थियो।
सहकारी ठगी प्रकरणमा मुछिएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न सत्ता पक्ष र प्रतिपक्षबीच सहमत भइपनि कार्यादेशमा सहमति जुट्न नसकेपछि संघीय संसदका दुवै सदन प्रभावित भएका छन्।