गृहमन्त्रीमाथि राज्यको निकायले छानबिन गर्न सक्दैन भनेर संसदीय समितिको माग गरेका हौं, टीओआरमा नाम राख्नैपर्छ : कांग्रेस

गृहमन्त्रीमाथि राज्यको निकायले छानबिन गर्न सक्दैन भनेर संसदीय समितिको माग गरेका हौं, टीओआरमा नाम राख्नैपर्छ : कांग्रेस
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति बनाउनेबारे कार्यादेश अर्थात टीओआर तय गर्न बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई पनि छानबिनको दायरामा ल्याउनैपर्ने अडान कायमै राखेको छ।

छानबिन समिति बनाउँदा त्यसको टीओआरमा सत्तापक्षले अहिले नाम उल्लेख गरिएका सहकारीको नाम राखेर जान सकिने तर व्यक्ति केन्द्रित बनाउन नहुने अडान राखेपछि बैठक रोकिएको हो। 

बैठकपछि कांग्रेस नेता तथा कार्यदलका सदस्य जीवन परियारले गृहमन्त्रीमाथि राज्यको निकायले छानबिन गर्न सक्दैन भनेर नै आफूहरुले संसदीय छानबिन समितिको माग गरेको भन्दै सोही कुरामा सहमति नभएको बताए। यद्यपि विश्वासको वातावरण बनिरहेकाले साँझ बस्ने बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरे। अहिले प्रतिनिधिसभामा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने तयारी भएकाले त्यसपछि पनि फेरि छलफल थालिने परियारले जानकारी दिए।

कार्यदलका अर्को सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले समग्र सहकारीमा छानबिन गर्नुपर्ने बताए। खनालले समग्र सहकारीको विषय  भन्दा पनि कांग्रेसले गृहमन्त्रीलाई फोकस गरिरहेको भन्दै कुनै एक व्यक्तिलाई मात्रै दोषी हो भनेर उहीमाथि मात्रै छानबिन हुनु न्यायोचित नहुने बताए। 

सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन एमालेका नेता एवं कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ। उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.