रकम बुझाउन नसकेपछि तीन दिनदेखि शव अस्पतालमै
विराटनगर : विराटनगरमा रहेको विराट नर्सिङ अस्पताललाई ८ लाख रुपैयाँ बुझाउन नसकेपछि ३ दिनदेखि शव अस्पतालमै राखिएको छ।
अस्पतालमा तिर्नुपर्ने रकम बुझाउन नसकेपछि सप्तरीको बलानबिहुल गाउँपालिका-२ का ४२ वर्षीय श्याम कुमारी रामको शव अस्पतालमा राखिएको हो।
उनका श्रीमान उमेश रामले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर अस्पतालले ८ लाख रुपैयाँ तिरेपछि मात्र शव लैजान दिने बताएको जानकारी दिए। उनले भने, ‘श्रीमतीको मृत्यु भएको आज तीन दिन भयो। अस्पतालले रकम बुझाएपछि मात्र शव लैजान दिने भन्दै आएको छ।
चैत ५ गते स १ त ३२८ नम्बरको ट्याक्टरले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएकी थिइन्। परिवारले उनलाई उपचारका लागि विराट नर्सिङ होममा ल्याएका थिए। उपचारका क्रममा उनको वैशाख ३ गते मृत्यु भयो। आर्थिक अवस्था नाजुक रहेको रामको उपचारमा १२ लाख खर्च भएको उमेशले बताए। हस्पिटलको १२ लाखमध्ये चार लाख ७४ हजार रुपैयाँ र फार्मेशीको ८ लाख मध्ये ५ लाख २५ हजार रुपैयाँ दिएको बताए।