देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टलाई संसदबाट हटाऔं, मन्त्री होस् वा पार्टीको महामन्त्री : लामिछाने

देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टलाई संसदबाट हटाऔं, मन्त्री होस् वा पार्टीको महामन्त्री : लामिछाने
तस्बिर : संसद सचिवालय

काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कांग्रेसले सदनमा उठाएका प्रश्नको जवाफ दिएका छन्। आइतबार बेलुका प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कांग्रेसले पार्टी बैठक बसेर सांसद (आफू)लाई बोल्न दिने/नदिने निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन्। 

उनले गोर्खा मिडियामा आफूले प्रवेश गर्दा `स्वीट शेयर´ मात्र लिएको र जाँदा छोडेर गएको स्पष्ट पारे। उनले आफ्नो नाम मुछिएका सहकारीमा आफू सहकारीको सदस्य नभएको र ऋणसमेत नलिएकोसमेत प्रष्ट पारे।

लामिछानेले यो देश अब तपाईंहरु (कांंग्रेस) को गनगनले मात्रै नचल्ने दाबी गरे। उनले अप्रमाणित हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरे।

लामिछानेले सहकारी ठगी गर्नेलाई मात्र नभई , कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसी बोका, बाख्रा पाल्नेमाथि पनि छानबिन गरेर संसद बाहिर पठाउनुपर्ने धारणा राखे।

‘दुई/तीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्नेलाई एजेन्ट संसदबाट हटाऔं। त्यो देशको मन्त्री होस् वा पार्टीको महामन्त्री होस्।’ उनले भने,‘संसदलाई लड्ने र भिड्ने थलो नबनाऔं।’

रास्वपा सभापति लामिछानेले आफूले सहकारीको ऋण लिएको प्रमाण पेस गर्न चुनौती दिँदै सहकारी ठगीको विषयमा व्यक्ति केन्द्रित संंसदीय छानबिन समिति बनाउन नसकिने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.