प्रधानमन्त्रीले पहिलेभन्दा बढी विश्वासको मत पाउनुहुन्छ : माओवादी केन्द्र

प्रधानमन्त्रीले पहिलेभन्दा बढी विश्वासको मत पाउनुहुन्छ : माओवादी केन्द्र
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने बताएका छन्। प्रतिनिधि सभाको बैठकपश्चात उनले गठबन्धन र सरकार तलमाथि हुने कुनै कुरा नभएको बताएका हुन्।

उनले पहिलेभन्दा बढी मत प्रधानमन्त्रीले पाउने बताए। सापकोटाले कार्यव्यवस्था समितिको बैठकमा गृहमन्त्री लामिछानेले संसद्‌मा सम्बोधन गर्ने र भोलि बैठक सञ्चालन गर्ने सहमति भएको बताए। 

सापकोटाले छानबिन समिति बनाउने सहमति भएपछि नै विभिन्न चरणमा छलफल भएको बताए।

उनले व्यक्तिको नाम किटान गर्ने कि नगर्ने भन्ने विषयमा समितिमा सहमति नहुँदा टीओआर बन्न नसकेको दाबी गरे। सापकोटाले व्यक्ति केन्द्रित छानबिन समिति गठन गर्न नसकिने तर समग्र समस्याग्रस्त सहकारीको छानबिन गर्न सत्तागठबन्धन तयार रहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.