चिया कूटनीति
वास्तवमा आधुनिक वैज्ञानिक युगमा चिया गफ होइन, चिया कूटनीतिको आवश्यकता छ। वास्तवमा यो चिनियाँ चिया कूटनीतिको ‘प्रो–एक्टिभ’ संस्करण थियो। संक्षिप्त सांकेतिक वाक्यमा व्यक्त गर्नुपर्दा, नेपाल चिया कूटनीति (टी–डिप्लोमेसी) मा अझै प्रोएक्टिभ हुनु पर्नेछ।
वास्तवमा आधुनिक वैज्ञानिक युगमा चिया गफ होइन, चिया कूटनीतिको आवश्यकता छ। विश्वमा चियाको सुरुआत गर्ने पहिलो राष्ट्र चीन हो। चीनको सिया राजवंशकाल (२१०० ई.पू.–१६०० ई.पू.) भन्दा अघि २७३७ ईशापूर्वमा चिनियाँ सम्राट् शेन नुङले चियाको पात पत्ता लगाए। यसरी विश्वमा चिया खाने प्रचलनको सुरुआतकर्ता पनि नुङ नै कहलिए। जो एक पौराणिक व्यक्तित्व थिए। दार्शनिक थिए। उनी शासक भए पनि कृषि क्षेत्र उनको सर्वाधिक रोजाइ र खोजको विषय थियो। उनको रुचि जडीबुटी औषधि विज्ञानमा पनि थियो।
चिनियाँ प्रतिवेदनअनुसार शेन नुङले जोखिम मोलेर प्रतिदिन करिब एक सय जडीबुटी चाख्थे। त्यसबाट मानिसका लागि चाहिने योग्य र स्वास्थ्यवद्र्धक जडीबुटीहरू पत्ता लगाउँथे। त्यसरी पत्ता लगाएका स्वास्थ्यवद्र्धक वनस्पति तथा जडीबुटीलाई आफ्ना जनतामाझ पु¥याई, सेवन गराउन लगाउँथे। उनको यो कार्य गुण–धर्ममा आधारित थियो। सम्राट् नुङले जडीबुटी परीक्षण गर्दै जाने क्रममा लामो समयदेखि चियाको पातसम्बन्धी खोज अध्ययन गरे। मानव शरीरका लागि चियाको पात बहुउपयोगी र स्वास्थ्यवद्र्धक वनस्पति रहेको तथ्य बुझे। तद्अनुसार चियाको पातमा पोलिफेनोल हुन्छ, जसले ब्याक्टोरियालाई मार्छ र विषलाई डिटक्सिफाई गर्छ।
चीनमा सिया राजवंशकालभन्दा पछाडिका शताब्दीहरूमा चियाको विकास र प्रयोग संस्थागत हुँदै गयो। चीनको शाङ् राजवंशकाल (१६०० ई.पू.–१०५० ई.पू.) मा ठीक यता दक्षिणतिर ऋग्वेदको रचनाकालीन समय (१५०० ई.पू.–१००० ई.पू.) ताका चीन र चीनभन्दा बाहिरका मुलुकहरूमा चियाको चर्चा चुलिँदै गयो। चीनको चऊ राजवंशकाल (१०५० ई.पू.–२५६ ई.पू.) मा ठीक यता दक्षिणमा किराँत राज्यका प्रथम संस्थापक राजा यलम्बर हाङ्कालीन समय (८०० ईशापूर्व) मा चिनियाँ चियाले थप चर्चा÷प्रसिद्धि पाउँदै गयो। चीनको वसन्त र शरद अवधि (७७० ई.पू.–४५७ ई.पू.) मा ठीक यता दक्षिणमा विश्व शान्तिका अग्रनायक गौतमबुद्ध (जन्म ६२३ ईशापूर्व) कालीन समयको ५८८ ई.पू.पछि पृथ्वीभरि बुद्धको ज्ञानको ज्योति फैलिने क्रमसँगै चीन गएका नेपाली तथा भारतीय व्यापारी, बौद्ध भिक्षु, अनुयायीहरूले चिनियाँ चियालाई दक्षिण एसियामा भित्र्याए।
यसरी नेपाली बौद्ध दर्शन र चिनियाँ चिया संस्कृतिबीच गहिरो सम्बन्धको विकास भयो। चिनियाँ हान राजवंशकाल (२०६ ई.पू.–२२० ई.पू.) अन्तर्गतका शासक चाङ् छिन (१६४ ई.पू.–१४ ई.पू.) ले चियालाई औपचारिक व्यापारिक रूपमा चीनको छाङ्आनबाट मध्य एसिया, पश्चिम एसिया र युरोपसम्म निर्यात गर्न लगाए। चीनको थाङ राजवंशकाल (सन् ६१८–सन् ९०७) का सम्राट्हरूले तत्कालीन विश्वमा सबैभन्दा शक्तिशाली, विशाल साम्राज्यको नेतृत्व सम्हाल्दै थिए। यससँगै चिनियाँ चियाले पनि विश्वबजारमा एकाधिकार कायम राख्न सफल भयो। छैटौं शताब्दीदेखि २०औं शताब्दीसम्म युनान, सिचुआन र तिब्बतमा घोडाको पिठ्युँमाथि चियाको भारी बोकाएर व्यापार गर्ने प्रचलन थियो।
नेपाल चिया कूटनीति (टी–डिप्लोमेसी) मा अझै प्रोएक्टिभ हुनु पर्नेछ।
यसरी हान र तिब्बतबीच ताङ र सोङ राजवंशकालदेखि गणतन्त्र चीनसम्मको अवधिमा चिया र घोडाको आदान–प्रदानबाट बनेको प्रमुख ऐतिहासिक सडकलाई ‘टि–हर्स रोड’ भनिन्छ। यसको लम्बाइ करिब २२५० किलोमिटर लामो छ। सातौं शताब्दीमा नेपालमा अंशुवर्मा, शिवदेव, उदयदेव, भृकुटीको प्रसिद्धि चुलिएको थियो। त्यसैगरी चीनमा काओचु, थाइजोङ, काओजोङ, झोङचोङजस्ता शक्तिशाली राजाहरूको शासन चलेको थियो। चिनियाँ थाङ राजवंशकालको सातौं शताब्दीमा तिब्बतमा शक्तिशाली राजा स्रङचङ गम्पोको शासन चलिरहेको थियो। यिनै तिब्बती गम्पोसँग तत्कालीन नेपालका राजा उदयदेव र रानी भद्रावतीको गर्भबाट सन् ६२४ मा काभ्रेको खोपासीमा जन्मिनु भएकी भृकुटीको विवाह सन् ६३३ मा सम्पन्न भएको इतिहास छ। यता, भृकुटीले नेपालबाट दाइजोस्वरूप तिब्बतमा बुद्धका मूर्तिहरू, बौद्ध ग्रन्थ, ताराका मूर्ति आदि लगिन्। उता, चिनियाँ शक्तिशाली सम्राट् ताइजोङकी छोरी वेन चेङको विवाह पनि उनै गम्पोसँग सन् ६४१ मा सम्पन्न भएको थियो। वेन चेङले चीनबाट तिब्बतमा विवाह गरी आउँदा दाइजोको रूपमा चिया पनि ल्याउनु भएको थियो।
त्यसपछि तिब्बतमा तिब्बतवासीको चिया पिउने बानी विस्तारै सुरु भयो। वास्तवमा यो चिनियाँ चिया कूटनीतिको ‘प्रो–एक्टिभ’ संस्करण थियो। तिब्बतमा रहेकी नेपाली राजकुमारी भृकुटीले माइती देशमा पठाएकी धार्मिक दूतहरू, बौद्धमार्गीहरू, भिक्षुहरू र तिब्बती कूटनीतिज्ञहरूमार्फत तिब्बतमा चीनबाट ल्याइएका चियाहरू नेपालमा पठाएकी थिइन्। यसरी नेपालमा चीन (तिब्बत) बाट आयातीत चिया नेपाली चुलोचौकोमा एक नियमित पेयपदार्थ, खाद्य आदतको रूपमा संस्कार नै बनिसकेको थियो। सन् ६१८ को पहिलो र दोस्रो दशकमा नेपालका उत्तरी हिमाली नाकाहरू खुल्ने क्रममा बढोत्तरी आयो।
हिमाली नाकाहरू खुलेसँगै भोटेली चिनियाँ चियालाई हिमालय सीमा पार गरी नेपालमा ल्याउन सजिलो बनायो। यस अवधिमा भोटेली चिनियाँ चियाले नेपालमा राष्ट्रव्यापी रूपमा स्थान ओगट्न सफल भयो। नेपालको उच्च हिमाली भेगमा टिबेटन चिया संस्कृतिले प्रसिद्धि कमायो। अहिले पनि यस भेगमा टिबेटन चियाको लोकप्रियता बढ्दो छ। टिबेटन चियामा चियापत्ती, चौंरीको दूध र घिउ, नुन आदि हालेर बाक्लो बनाएर सेवन गर्ने प्रचलन छ। चिनियाँ चियाले नेपालतिरको उच्च हिमालय सीमा पारमात्र गरेन, चीनबाट समुद्र पार गरी जापानतिर पनि गयो। आठौं शताब्दीको सुरुमा चिनियाँहरूले जापानमा औपचारिक रूपमा चियाको परिचय गराए।
सन् ७२९ मा जापानी सम्राट्ले राजदरबारमा आयोजित जेन बौद्धदर्शनको कार्यक्रममा सहभागी हुने एक सय बौद्ध गुरुहरूलाई चीनको चिया चखाएका थिए। पन्ध्रौं, सोह्रौं, सत्रौं शताब्दीमा चीनको चिया व्यावसायिक रूपमा पश्चिम युरोपभरि फैलियो। त्यो बेला संसारमा सबैभन्दा बढी चिया सेवन गर्ने देश बेलायत थियो। बोस्टोन टी पार्टीसँग जोडिएको राजनीतिक परिणामबाट जुलाई ४, १७७६ मा स्वतन्त्र भएको अमेरिकाको इतिहासभित्र पनि चियाको महŒव लुकेको छ। चियाको प्रयोग संसारभरिका सैनिक ब्यारेकहरूमा पनि गर्न थालियो। विश्वमा चियाका बहुराष्ट्रिय उद्योग, कम्पनीहरू सञ्चालनमा छन्। राजनीतिक, कूटनीतिक, व्यापारिक गतिविधिहरूमा चियाको प्रयोग बढ्दो छ।
सामान्यतयाः ग्रिन टी, लेमन टी, हर्बल टी, ब्ल्याक टी र चियापत्ती, दूध, चिनी, पानीको मात्रा मिलाएर उमालेको मिल्क टीजस्ता विभिन्न स्वरूपमा चियाको सेवन गर्ने गरिन्छ। नेपालका लागि चिनियाँ सांस्कृतिक, पर्यटकीय, कूटनीतिक नियोगका कार्यालयहरूले प्रत्येक वर्ष नेपालमा ‘दि टी फर हार्मोनी’ याची कल्चरल स्यालुन’ विशेष कार्यक्रमको आयोजना गर्ने गर्छन्। यस वर्ष पनि २१ मे २०२४ मा ‘टी फर हार्मोनी’ विशेष कार्यक्रमको आयोजना गरिँदैछ। यो कार्यक्रमले सहभागीमाझ चिनियाँ चियाको इतिहास, प्रचलन, चिया संस्कृति आदानप्रदानलाई सहज बनाइ दुईदेशीय आपसी भाइचारा, शिष्टता र खुसी साटासाट गर्ने अवसर मिलेको छ। संक्षिप्त सांकेतिक वाक्यमा व्यक्त गर्नुपर्दा, नेपाल चिया कूटनीति (टी–डिप्लोमेसी) मा अझै प्रोएक्टिभ हुनु पर्नेछ।
(नेपाल, चीन राजनीतिक आर्थिक सम्बन्धका विद्यावारिधि शोधकर्ता हुन्।)