संसदीय दलको बैठक
गृहमन्त्री लामिछानेले अरुलाई आरोप लगाएर आफू अभियोगबाट भाग्ने प्रयास गरे : कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्न उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान कायम राखेको छ। आज बिहान बसेको संसदीय दलको बैठकपश्चात प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने बताएका छन्।
लेखकले संसद्मा गृहमन्त्री लामिछानेले बोलेको विषय असत्य, कपोलकल्पित र भ्रामक भएको बताए। उनी आफूमाथि लागेको अभियोगबाट भाग्ने प्रयास गरेको कांग्रेसको ठहर छ। लेखकले भने, ‘लामिछानेका अभिव्यक्ति भ्रामक रहेका छन्। अरुलाई कथाकथित आरोप लगाएर आफू भाग्ने प्रयास गर्नुभयो।’
सहकारीको रकम ठगीमा लामिछाने लागेको प्रस्ट देखिएको उनको दाबी छ।