संसदीय छानबिन समितिमा कांग्रेसको अडान कायमै, संसद चल्न नदिने

संसदीय छानबिन समितिमा कांग्रेसको अडान कायमै, संसद चल्न नदिने
सुन्नुहोस्

काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने अडान यथावत रहेको बताएको छ। सोमबार बिहान बसेको संसदीय दलको बैठकले संसदीय छानबिन समिति नबनेसम्म संसदका कार्यसूचीमा प्रवेश गर्न नदिने निर्णय गरेको हो।

बैठक पछि पत्रकारहरूसँग कुराकानी  गर्दै  प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रक्रियालगायत अन्य कार्यसूचीमा प्रवेश गर्न नदिने बताए।

'समिति बनाएर सदनमा आउनुहोस्। रवि लामिछानेमाथि अनुसन्धान गर्नु्होस। समिति बनाएर सदनमा आउनु्होस्। विश्वासको मत मात्रै होइन सरकारका जति कार्यसूची छन्। राति १२/१ बजेसम्म सदन चलाउनुहोस् हामी तयार छौं,'उनले भने,'यदि प्रधानमन्त्रीलाई  इज्जतका साथ  विश्वासको मत लिनुछ भने पहिला समिति बनाउनुहोस्।'

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ। संसदीय समिति गठनमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति भएपनि कार्यादेशमा टुंगो लागेको छैन।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.