कांग्रेसको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

कांग्रेसको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध जनाएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठक सुरू हुनेवित्तिकै कांग्रेससहित विपक्षी दलका सांसदहरूले नाराबाजी सुरू गरेका हुन्।

संसदको कार्यसूची अघि बढाउन सभामुख देवराज घिमिरेले आग्रह गरेपनि कांग्रेस सांसदहरूले नमानेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिने कार्यसूची छ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले संसद बैठकमा अवरोध गर्दै आएको छ।

सत्तापक्ष र प्रतिपक्षी संसदीय छानबिन समिति भएपनि समितिको कार्यादेशमा टुंगो लाग्न सकेको छैन। छानबिन समिति नबनेसम्म संसदमा अवरोध कायम राख्ने कांग्रेसको रणनीति छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.