मोटरसाइकल दुर्घटनामा गाउँपालिकाका सब-इन्जिनियरको मृत्यु

मोटरसाइकल दुर्घटनामा गाउँपालिकाका सब-इन्जिनियरको मृत्यु
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर  : विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत मोरङको ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सब इन्जिनियर (ओभरसियर)को मृत्यु भएको छ । 

सुन्दरहरैँचाको हरैँचाबाट विराटनगरतर्फ आउँदै गरेको को १ ब १३८४ नम्बरको सरकारी मोटरसाइकल ग्रामथान गाउँपालिका–५ तेतरिया चोकमा आइतबार राति ८:५० बजेतिर दुर्घटनामा परेको हो ।

 सडकको साइडमा रोकेर राखेको ना ५ ख ७०७९ नम्बरको टिपरको पछाडिको भागमा मोटरसाइकल ठोक्किर दुर्घटना हुँदा चालक ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । 

उनका अनुसार खान ग्रामथान गाउँपालिकाका सब इन्जिनियर (ओभरसियर) हुन् । सप्तरी घर भएका उनी विराटनगर महानगरपालिका–१ मा डेरा बस्दै आएका थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका खानलाई उपचारका लागि विराटनगरको आर्या न्युरो अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी बस्नेतले दिए । 

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक खानको लापरबाहीकै कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार आफूले चलाइरहेको सवारीसाधनतर्फ चालकले ध्यान केन्द्रित नगर्दा दुर्घटना भएको पाइएको हो । 

गाउँपालिकाका इन्जिनियर निशुभ लुइँटेलका अनुसार काम भइरहेको साइडको अनुगमन गरेर फर्किने क्रममा खान दुर्घटनामा परेका हुन् । ‘दुर्घटनामा परी घाइते भएको अवस्थामा फेला पारेर उद्धार गर्दै उपचारका लागि लगिएको थियो,’उनले भने, ‘अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।’ 

दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक झापाको बिर्तामोड नगरपालिका–२ का ४३ वर्षीय तीर्थराज ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.