ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक जारी

ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ।  बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ।  विपक्षी दलको बैठक सकिएलगत्तै दलको बैठक बसेको हो। विपक्षमा कांग्रेससहित राप्रपा,जसपा नेपाल, लोसपा र जनमोर्चा छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेसको नाराबाजीबीच विश्वासको मत लिएपछि पार्टीले संसदमा प्रस्तुत हुने आगामी रणनीति तय गर्न बैठक बोलाएको सह-महामन्त्री एवं सांसद बद्री प्रसाद पाण्डेले जानकारी दिए। बैठक सकिएलगत्तै पत्रकार सम्मेलन गर्ने कांग्रेसको तयारी छ।

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले १५७ मत पाएपछि सभामुख देवराज  घिमिरेले बहुमत प्राप्त  गरेको घोषणा गरेका थिए। प्रधानमन्त्रीले विश्वासको मत लिइरहँदा कांग्रेससहित विपक्षी दलहरूले नाराबाजी गरेका थिए।

विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीको मतको प्रक्रिया अघि बढ्नुलाई इतिहासमा गलत नजिर स्थापित भएको कांग्रेसको ठहर छ।  सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले संसदमा अवरोध जनाउँदै  आएको छ।

सत्ता पक्ष र प्रतिपक्षबीच संसदीय छानबिन समिति गठनमा सहमति भएपनि त्यसको कार्यादेशमा टुंगो लागेको छैन। कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म संसदमा अवरोध कायम राख्ने अडान लिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.