रातो पासपोर्ट प्रकरणमा भ्रम फैलाएको भन्दै गृहमन्त्री लामिछानेमाथि कारबाही गर्न सभामुखसँग गुरुङको माग

रातो पासपोर्ट प्रकरणमा भ्रम फैलाएको भन्दै गृहमन्त्री लामिछानेमाथि कारबाही गर्न सभामुखसँग गुरुङको माग
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न माग गरेका छन्। सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै उनले संसदको रोस्टमबाट तथ्यहीन र आधारहीन आरोप लगाएको भन्दै कारबाही गर्न माग गरेका हुन्। 

रातो पासपोर्ट प्रकरणमा अदालतबाट सफाइ पाइसकेको अवस्थामा गृहमन्त्री लामिछानेले आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथी धावा बोलेको उनको आरोप छ। 

'माननीय गृहमन्त्रीले प्रतिनिधिसभाको रोस्टमबाट तथ्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यहरूमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरालाई बढाई चढाई गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निर्णयको बर्खिलाप गरी अदालतको समेत अवहेलना गरेको, अदालतबाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी आम नागरिकबीच भ्रम सिर्जना गर्न खोजेको, आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति दिएको व्यहोरा स्मरण गराउन चाहन्छु,' गुरुङले पत्रमा भनेका छन्।

उनले गृहमन्त्री लामिछानेलाई बोलेको कुरा पुष्टि गर्न चेतावनी दिएका छन्। 'उहाँले बोलेको कुराहरू पुष्टि गर्न म उहाँलाई चुनौती दिन चाहन्छु। यदि पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु,' उनले भनेका छन्। 

प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि गृहमन्त्रीले पालना नगरेको भन्दै उनले गृहमन्त्री लामिछानेलाई संसदको अवहेलनामा कारबाही गर्न सभामुखलाई आग्रह गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.