कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। जेठ ९ गते विहान ११ बजेका लागि संयुक्त बैठक आह्वान भएको पार्टीका मुख्य सचिव कृष्ण पौडेलले बताए।

नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै निरन्तर संसद अवरुद्ध पार्दै आएको छ। सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म संसद अवरुद्ध पार्ने बताएको छ।

यसैबीच सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसको अवरोधका बीच संसदबाट विश्वासको मत पाएका छन्। सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दलको अवरोधलाई नजरअन्दाज गरेर संसद अगाडि बढाएको कांग्रेसको आरोप छ। पछिल्लो समय राजनीतिमा देखिएको उतारचढावका बारेमा कांग्रेस बैठकमा छलफल हुने बताइएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.