कुटपिट तथा अंगभंग सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ
काठमाडौं : कुटपिट अंगभंग सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका-४ घर भई हाल ललितपुरको इमाडोल बस्ने २६ वर्षीय मिलन तामाङ र तेमाल गाउँपालिका-७ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २८ वर्षीय विजय लामा रहेका छन्।
उनीहरूले २०८० फागुन १७ गते काठमाडौंको कोटेश्वरस्थित केएलसी क्लब अगाडि राजन बरुवाललाई अंगभंग हुने गरी कुटपिट गरेका थिए। घटनापश्चात फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोलीले ललितपुरको महालक्ष्मिस्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवैलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको प्रवक्ता/सूचना अधिकृत रविन्द्र रेग्मीले बताए।