महानगरका चालक समातिएपछि बालेनले भने- सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरको फोहोर उठ्दैन
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन्। फोहोर बोक्ने महानगरका चार जना चालकलाई पक्राउ गरेको भन्दै मेयर बालेनले सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने घोषणा गरेका हुन्।
उनले त्यसका लागि जुध्न आफू तयार रहेको बताएका छन्। 'भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले। जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर उठ्दैन। को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन,' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।
केही समयअघि उनले महानगरको गाडी रोकेको भन्दै सिंहदरबार जलाउने अभिव्यक्ति सामाजिक सञ्जालबाट दिएका थिए