बैंकको ऋण नतिर्ने अभियान चलाउनेहरूले अर्थतन्त्र डुबाउँछन् : गभर्नर अधिकारी

बैंकको ऋण नतिर्ने अभियान चलाउनेहरूले अर्थतन्त्र डुबाउँछन् : गभर्नर अधिकारी
सुन्नुहोस्

वीरेन्द्रनगर : गभर्नर महाप्रसाद अधिकारीले बैंकको ऋण नतिर्ने अभियान चलाउनेहरू मुलुकको अर्थतन्त्र डुबाउने खेलमा रहेको बताएका छन्।  

नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय सुर्खेतले आयोजना गरेको बैंकर तथा व्यवसायीहरूबीच अन्तरक्रिया कार्यक्रममा उद्यम तथा व्यवसायीहरूले उठाएका सवालहरूको जवाफ दिँदै नेपाल गभर्नर अधिकारीले यस्तो बताएका हुन्। 

उनले दुर्गा प्रसाई र लघुवित्त पीडित संघर्ष समितिहरूलाई लक्षित गर्दै भने, ‘बैंकको ऋण नतिर्ने वा मिना गर्ने मागसहित अभियान चलाइरहेकाहरू मुलुकको अर्थतन्त्र डुबाउने खेलमा छन्। हामी त्यस्ताको पछाडि लाग्नु हुँदैन। हामीले मुलुकको अर्थतन्त्रलाई व्यवस्थित बनाएर उद्यमी तथा व्यवसायीहरूको हितलाई पनि ध्यान दिनुपर्छ। त्यसका लागि नेपाल राष्ट्र बैंक प्रतिबद्ध छ।’ 

गर्भनर अधिकारीले भने, ‘पीडित कस्तालाई भन्ने हो। लघुवित्तले कसलाई पीडा दिए। कसैको व्यावसायिक प्रयोजनमा लगानी गर्ने निकाय कसरी पीडक हुन्छ। पैसा पाउने मान्छे कसरी पीडित हुन्छ।’ उनले नेपालको उद्यमशीलता र समग्र अर्थतन्त्रलाई बढावा गर्ने कार्यमा लघु वित्तहरूको ठूलो योगदान रहेको उनले बताए। 

उनले विगतमा नेपाल राष्ट्र बैंकको नीति अनुसार सहुलियत कर्जाको व्यवस्था गरेपछि कर्णालीमा २ वर्षमा एक जना व्यवसायीले मात्र सुविधा लिएको स्मरण गर्दै स्थिर ब्याजमा कर्जा लिने व्यवसायीहरूको ब्याजमा पनि तलमाथि नभएको बताए। 

       


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.