प्रतिनिधिसभा बैठक बस्दै,के छ कार्यसूची ?

प्रतिनिधिसभा बैठक बस्दै,के छ कार्यसूची ?
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

काठमाडौं : संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। मंगलबार बिहान ११ बजे बस्नेगरी बैठक डाकिएको संसद सचिवालयले जनाएको छ।बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूचीमा उल्लेख छ। यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघीय संसदनको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नेछन्। प्रधानमन्त्रीले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गर्ने कार्सूची छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्ने कार्यसूचीमा उल्लेख छ।

यसैगरी शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको 'सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०,  माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूचीमा उल्लेख छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.