होमलाललाई ताप्लेजुङ म्याराथन

होमलाललाई ताप्लेजुङ म्याराथन
सुन्नुहोस्

ताप्लेजुङ : ताप्लेजुङ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले जितेका छन्। निर्धारित दूरी चार घण्टा पाँच मिनेट २७ सेकेन्डमा पार गर्दै श्रेष्ठले उपाधि जितेका हुन्। दोस्रो तिलक सुनुवार भए। उनले चार घण्टा १२ मिनेट चार सेकेन्डमा निर्धारित दूरी पार गरे। 

सुनुवार पनि त्रिभुवन आर्मी क्लबकै धावक हुन्। यस्तै चार घण्टा १३ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै पाँचथरका प्रताप थाम्सुहाङ तेस्रो भए।

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा खुला पुरुष म्याराथन तथा महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको हो। पुरुषतर्फ धावकहरूले ताप्लेजुङ सदरमुकाम फुङ्लिङदेखि पाथिभरा मन्दिर पुगेर फुङ्लिङ नै फर्किएका थिए भने महिलातर्फ फुङ्लिङदेखि काफ्लेपाटी पुगेर फुङ्लिङ फर्किएका थिए।

महिलाको हाफ म्याराथनको उपाधि आर्मीकी सुनसरी रोकायाले जितिन्। रोकायले तीन घण्टा ४४ मिनेट ५२ सेकेन्डमा निर्धारित दूरी पार गरिन् भने  फुङ्लिङ नगरपालिका–६ की कुमारी गुरुङ दोस्रो भइन्। उनले ४ घण्टा २२ मिनेट ५३ सेकेन्डमा दूरी पार गरिन््। मैवा खोला गाउँपालिकाकी विनिता तामाङ तेस्रो भइन्।

‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’भन्ने मूल नाराका साथ सञ्चालन भएको महोत्सवका अवसरमा खुला पुरुष तथा महिला हाफ म्याराथन प्रतियोगिता सञ्चालन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.