सहकारी ठगी प्रकरण

संसदीय छानबिन समिति गठन गर्न दुवै पक्ष तयार, तर नबनेसम्म सदन चल्दैन : कांग्रेस

संसदीय छानबिन समिति गठन गर्न दुवै पक्ष तयार, तर नबनेसम्म सदन चल्दैन : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान कायमै राखेको छ।

मंगलबार संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउन बसेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेस सह-महामन्त्री एवं सांसद जीवन परियारले समिति गठन गर्नुपर्नेमा सत्ता पक्ष र प्रतिपक्ष सहमत भएपनि नबनेसम्म संसद चल्न नदिने पार्टीको अडान यथावत रहेको जानकारी दिए।

' पार्टीले जुन विषयमा लामिछानेमाथि सहकारी अपचलनको विषयमा कुरा उठाउँदै आएको छ। आजको बैठकमा पनि सोही बारेमा हामीले कुरा राख्यौं। थप छलफल गरेर अगाडि जाने सहमति भएको छ। हामीले उठाएको विषयमा साझा सहमति कसरी तयार पार्न सकिन्छ, यसबारे पुन: बैठक बस्दैछ। तपाईंहरूको प्रस्ताव ल्याउनुस् भनेका छौँ । मध्यबिन्दुको प्रस्ताव लिएर आउने कुरा भएको छ, 'उनले भने, ’छानबिन समिति नबनेसम्म संसद चल्ने कुरा त हुँदैन।'

उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन नभए पार्टीले लामो समयदेखि उठाउँदै आएको सवालको औचित्य नहुने  बताए। यसबारे थप छलफल गरेर अगाडि जाने उनको भनाइ छ।

उनले भने, 'गृहमन्त्री लामिछानेमाथि छानबिन भएन भने पार्टीले लामो समयदेखि उठाउँदै आएको विषयको औचित्य रहँदैन। यसमा सहमति जुट्नेगरी छलफल गर्छौं। लचिलो हुने त कुरै  हुँदैन।'

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.