छानबिन समितिको कार्यादेशमा व्यक्तिको नाम किटान गर्दा गलत नजिर स्थापित हुन्छ : मन्त्री गिरी

छानबिन समितिको कार्यादेशमा व्यक्तिको नाम किटान गर्दा गलत नजिर स्थापित हुन्छ : मन्त्री गिरी
सुन्नुहोस्

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसदीय छानबिन समितिको कार्यादेशमा व्यक्तिको नाम किटान गरेर जाँदा गलत नजिर स्थापित हुने बताएका छन्। आज बिहान बसेको कार्यदलको बैठकमा सहकारीको बचतको अपचलनको विषयको छानबिनबारे गम्भीर छलफल भएको बताएका हुन्।

गिरीले सहकारीको बचतको अपचलनको विषयलाई प्रभावकारी छानबिन गरेर कारबाही गर्ने बचतकर्ताको रकम फिर्ताको सुनिश्चित गर्ने जानकारी दिए। उनले भने, ‘सहकारी भएको बचतको अपचलनको विषयलाई प्रभावकारी छानबिन गर्ने, त्यसमा कसले कहाँ अपचलन गरेको छ तिनीहरूलाई कारबाही गर्ने। बचतकर्ताको रकम फिर्ताको सुनिश्चित गर्नेयसलाई केन्द्रविन्दुमा रहेर कार्यादेश बनाउने भनेर छलफल भएको छ।’

सत्ता पक्षले व्यक्तिको नाम नराख्न सहमति नभएको र प्रतिपक्षले राख्नै पर्ने अडान राखेको बताए। मन्त्री गिरीले भने,‘कोहि व्यक्ति दोषी हो या होइन छानबिन पछि थाहा हुन्छ। अहिले नै दोषी करार गर्ने कुरा हुँदैन। दोषी भए कारबाही हुन्छ। रवि लामिछानेले नै अपचलन गरेको प्रमाणित भए कारबाही हुन्छ। सहकारीको नाम लेखेर जान कुनै विवाद छैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.