राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता

कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद, नीति तथा कार्यक्रम टेबुल

कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद, नीति तथा कार्यक्रम टेबुल

काठमाडौं : प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रमको प्रति टेबुल भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीबीच संसदमा नीति तथा कार्यक्रमको प्रति टेबुल गरेका हुन्। 

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री  रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले संसदमा अवरोध जनाउँदै आएको छ। संसदीय छानबिन समिति गठन गर्न सत्ता पक्ष र प्रतिपक्षी सहमत भएपनि समितिको कार्यादेशमा टुंगो लाग्न सकेको छैन। समिति गठन नभएसम्म कांग्रेसले संसदमा अवरोध जारी राख्ने रणनीति लिएको छ।

null

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसदको संयुक्त बैठकमा पेश गरेका थिए। नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति पौडेललाई धन्यवाद दिने प्रस्ताव  पनि नाराबाजीबीच बहुमतले  पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे।

नीति तथा कार्यक्रममाथि छलफल गर्ने समय निर्धारण गरिएको छ। छलफलमा भाग लिने सांसदहरूलाई नाम टिपाउन सूचित गरिएको छ। यसैगरी बैठकमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले 'लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१' पेश गरेका थिए।

बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले 'राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन  विधेयक २०८०' लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए। लगत्तै  उक्त प्रस्ताव बहुमतले पारित भएको सभामुख घिमिरेले घोषणा गरेका थिए।  प्रतिनिधिसभाको अर्को  बैठक शुक्रबार बस्नेछ।

null

 

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.