गृहमन्त्रीले कांग्रेसमाथि लगाएका आरोप सत्य भए प्रमाणित गर्न र नभए संसदको रेकर्डबाट हटाउन आग्रह
काठमाडौं : नेपाली कांग्रेसले गृहमन्त्रीले कांग्रेसमाथि लगाएका आरोपहरु निराधार भएको भन्दै संसदको रेकर्डबाट हटाउन आग्रह गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेसका सांसद बद्री पाण्डेलाई बोल्न समय दिएका थिए ।
सांसद पाण्डेले गृहमन्त्रीले लगाएका आरोप सत्य भए प्रमाणीत गर्न र नभए संसदको रेकर्डबाट हटाउन आग्रह गरेका हुन्। पाण्डेले सहकारी प्रकरणमा छानविन समिति गठन नभएसम्म कांग्रेस चूप लागेर नबस्ने स्पष्ट पारे।
पाण्डेले बोलेपछि सभामुखले कार्यसूची अघि बढाएका थिए । त्यसपछि कांग्रेससहित विपक्षी सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका थिए । बैठक शुक्रबारसम्म स्थगित भएको छ।