करेन्ट लागेर कुखुरा फार्म सञ्चालकको मृत्यु

करेन्ट लागेर कुखुरा फार्म सञ्चालकको मृत्यु

विराटनगर : मोरङको बेलबारी नगरपालिका–९ बेराखुनीमा पंखा जोड्ने क्रममा करेन्ट लागेर कुखुरा फार्म सञ्चालकको मृत्यु भएको छ। 

करेन्ट लागेर ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार शेर्पाले आफ्नै जग्गामा कुखुरा फार्म सञ्चालन गरेका थिए। फार्मभित्र पंखा जोड्ने क्रममा विद्युत प्रवाह भइरहेको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

करेन्ट लागेर बिहान ९:२० बजेतिर बेहोस भएका शेर्पालाई उपचारका लागि विराटनगरको नोवेल शिक्षण अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपुर्‍याउन साथ चिकित्सकले १०:४० बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ। 

शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले अनुसन्धान अघि बढाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.